ऋषि धमलालाई प्रेस काउन्सिलको पत्र : पटकपटक गैरपेशागत क्रियाकलाप किन गरेको ?

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई स्पष्टीकरण सोधेको छ । प्रधान मन्त्री शेरबहादुर देउवा चढेको जहाजको ककपिटमा जबरजस्ती जान खोजेकोमा पत्रकार धमलालाई काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

काउन्सिलले कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफ्ती प्रवेश गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न धमलालाई पत्र पठाएको हो ।

धमलाले शुक्रबार प्रधान मन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा अवतरण गरेको जहाजमा पधान मन्त्रीसँग कुराकानी गर्नु छ भन्दै इकोनोमी क्लासबाट बिजनेस क्लासमा जाने कोशिस गरेका थिए ।

पत्रमा धमलालाई सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दा भन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? यहाँबाट पटक–पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो भन्नेजस्ता प्रश्न साेधिएकाे छ ।

काउन्सिलको स्वअनुगमनबाट पनि निषेध गरिएको क्षेत्रमा जबरजस्तीरूपमा छिरेर भिज्वुअल रेकर्ड गरी सम्प्रेषण गरेको देखिएको काउन्सिलले जनाएको छ ।

त्यस्तै, धमलाको साे क्रियाकलापको चौतर्फी चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *