ऐतिहासिक बिस्काः जात्रासम्बन्धी एकल फोटो प्रदर्शनी शुरू (तस्वीर)

काठमाडाैँ । मध्यपुर थिमी नगरपालिकाको बोडेमा हुने ऐतिहासिक बिस्काः जात्रा सम्बन्धी जानकारी दिन फोटो पत्रकार रत्न श्रेष्ठको एकल फोटो प्रदर्शनी शुरू भएको छ ।

भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शुरू भएको प्रदर्शनी आजबाट चैत्र २४ गतेसम्म ३ दिन चल्ने छ ।

बोडेमा हुने बिस्काः जात्रा चैत्र मसान्तबाट शुरू भइ बैशाख २ गते सकिन्छ । लिच्छवीकालदेखि मनाउँदै आएको यो जात्रामा अन्तिम दिन अर्थात् बैशाख २ गते जिब्रो छेड्ने परम्परा समेत रहीआएको छ ।

प्रदर्शनीको उद्घाटन आज १ बजे काठमाडौँ महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाका मेयरहरू विद्यासुन्दर शाक्य र मदनसुन्दर शाक्यले संयुक्त रूपमा गर्नेछन् ।

प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठको बिस्काः जात्रा सम्बन्धी ८० वटा फोटो प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fourteen =