‘जनताका दैनिक आवश्यकताहरूकाे सम्बाेधन नै लाेकतन्त्रकाे संस्थागत हाे’ (भिडिओसहित)

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक जनप्रतिनिधिहरूले आफूलाई जनताकाे सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् । साेमबार काठमाडाैँमा काष्ठमण्डपकाे उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्ताे बताएकी हुन् । ‘जनताद्वारा छानिएका जनप्रतिनिधिबाट विकासका कार्यहरू सञ्चानल भइ जनताका दैनिक आवश्यकताहरूकाे प्रत्यक्ष सम्बाेधन हुनु नै लाेकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलाे माध्यम हाे,’ उनले भनेकी छन् ।
नेपालमा लाेकतन्त्र नेपाली जनताकाे लामाे तपस्या र बलिदानीबाट स्थापित भएकाे उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्— ‘यसैकारण नेपाली जनताकाे ठूलाे तपस्या र बलिदानकाे फलस्वरूप निर्माण भएकाे वर्तमान संविधानले जनतालाई प्रदान गरिने सेवा र सुविधानमा सहज पहुँच स्थापित गर्दै मुलुककाे आर्थिक, सामाजिक उपलब्धि हासिल गर्न संघका साथै प्रदेश र स्थानीय सरकारहरूलाई अधिकारसम्पन्न बनाएकाे छ । संविधानकाे यस भावनालाई आत्मसाथ गरी प्रत्येक जनप्रनिधितिहरूले आफूलाई सदैव जनताकाे सेवामा समर्पित गर्नुपर्दछ ।’
यस्तै उनले जनताकाे सेवा गर्नु राज्यकाे अभिभारा भएकाे समेत बताएकी छन् ।








