नेपाल र जापानकाे सम्बन्ध ऐतिहासिक रहेकाे परराष्ट्रमन्त्रीकाे भनाइ

काठमाडाैँ । नेपाल सरकारका परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपाल र जापानबिचको सम्बन्ध धेरै पुरानो रहेको बताएका छन् ।
मन्त्री खड्काले सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ३ आमसालस्थित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
मन्त्री खड्काले जापान सरकार संगको पुरानो सम्बन्धका कारण देशमा ठूल्ठूला कलकारखाना, सडक बिस्तार, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सहयोग भएको भन्दै जापान सरकारको सहयोग प्रती आभारी रहेको समेत बताए ।
जापान सरकारको ७७ लाख ९१ हजार ६ सय ४४ रुपैयाँको आर्थिक सहयोग तथा चौदण्डीगढी नगरपालिकाको ११ लाख ९५ हजार र नारी जागरण मार्फत २ लाख ९० हजारको लागतमा निर्माण गरिएको आमसाल आधारभूत स्वास्थ्य केन्द्रको नेपालका लागी जापानका राजदूत किकुता युताका र नेपाल सरकार परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।








