लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल
२०७८ चैत २१ गते

df]/ª, @! r}t
cWoIf g]kfn
lj/f6gu/ ljdfg:yndf cfOk'Ug' ePsf g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf Pj+ k"j{k|wfgdGqL dfwjs'df/ g]kfnnfO{ g]tf tyf sfo{stf{åf/f :jfut . tl:a/M dgf]h bfxfn÷/f;;
विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाए ।
‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे । उनले युक्रेन र रुसको समस्या जटिल भएकाले यसको समाधान बहस र छलफलबाट टुङ्गो लगाउनुपर्ने धारणा राखे ।
२०७८ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित








