त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपाल च्याम्पियन

काठमाडौँ । त्रिदेशीय टी-ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी)लाई ५० रनले हराउँदै नेपाल च्याम्पियन भएको हो ।

१६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा ११८ रनमा अलआउट भयो । नेपालका दिपेन्द्रसिंह ऐरीले ४,  करण केशीले ३ र सन्दीप लामिछानेले २ विकेट लिए ।
पीएनजीका सेसे बाउले ५९ रन बनाए पनि ९ जना खेलाडीले दोहोरो अ‌ंकमा रन जोड्न सकेनन् ।

कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । नेपालका दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र करण केशीले नटआउट ३३ रन बनाए ।

यसैबीच, दीपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । काठमाडौँमा भइरहेको त्रिदेशीय टी–ट्वेन्टी शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दिपेन्द्र टी–ट्वेन्टी अन्तराष्ट्रियमा १ हजार रनको कोषेढुंगा पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।

सोमबार ३९ औँ अन्तराष्ट्रिय टी ट्वेन्टी खेलिरहेका दिपेन्द्रले १ शतक र ५ अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रले यहि श्रृंखलामा मलेसियासँग अविजित ११० रन बनाएका थिए ।

यसअघि पारसलले ३३ खेलबाट ७९९ रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *