नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको हो । नेपालका दिपेन्द्रसिंह ऐरीले नटआउट ५४ रन बनाए । यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र करण केशीले नटआउट ३३ रन बनाए ।

दिपेन्द्रले ३८ बलमा ५ चाैका प्रहार गरे । आक्रामक ब्याटिङ गरिएका करणले मात्र १२ बलमा ५ चाैका र १ छक्कासहित नटआउट ३३ रन बनाए । माेहम्मद आदिल आलमले १५ र रोहित पाैडेलले २ रनको योगदान गरे । आरिफ शेख र दिलिप नाथले भने रनको खाता खोल्न सकेनन् ।

यसैबीच, दिपेन्द्रसिंह ऐरी टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

काठमाडौँमा भइरहेको त्रिदेशीय टी–ट्वेन्टी शृंखलाको फाइनलमा २१ रन बनाएसँगै दिपेन्द्र टी–ट्वेन्टी अन्तराष्ट्रियमा १ हजार रनको कोषेढुंगा पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । सोमबार ३९ औँ अन्तराष्ट्रिय टी ट्वेन्टी खेलिरहेका दिपेन्द्रले १ शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।

दीपेन्द्रले यहि श्रृंखलामा मलेसियासँग अविजित ११० रन बनाएका थिए ।यसअघि पारसलले ३३ खेलबाट ७९९ रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *