बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

काठमाडाैँ । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटी एमालेमा प्रवेश गरेका छन् । ०७४ सालकाे स्थानीय निर्वाचनबाट माओवादी केन्द्रकाे तर्फबाट जितेका डल्लाकाेटीले साेमबार एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । धादिङमा बेनिघाट राेराङ एक मात्रै माओवादीले जितेकाे पालिका हाे ।

यस्तै धनुषाकाे गणेशमान चारनाथ नगरपालिकाका उपमेयर मीनाकुमारी यादवले पनि एमाले प्रवेश गरेकी छन् । माओवादी केन्द्रबाटै जितेकी उनले पनि साेमबार आजै एमाले प्रवेश गरेकी हुन् ।

राष्ट्रिय जनमोर्चा नेता विष्णुदेव यादव एमाले प्रवेश पनि एमाले प्रवेश गरेका छन् । उनी शहीद रामवृक्ष यादवका भतिजा हुन् । अहिले माओवादीमै रहेका उनलाई पनि अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − ten =