त्रिदेशीय टी-ट्वेन्टी शृङ्खला

उपाधिका लागि आज नेपाल र पीएनजीबीच प्रतिस्पर्धा

काठमाडौँ । त्रिदेशीय टी-ट्वेन्टी शृङ्खलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र पीएनजीबीचको फाइनल खेल मध्यान्न साढे १२ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

आज दुवै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेको हो ।

पीएनजीले उपविजेताको रूपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । पीएनजी नेपाललाई पन्छाउँदै टी-ट्वेन्टी शृङ्खलाको पनि उपाधि उचाल्ने योजनामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *