हिरो मोटोकर्पले ल्यायाे थप ३ नयाँ सवारी

काठमाडौँ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरुका बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ ।

हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रबिधि जस्ता सुबिधा उपलब्ध छन् र तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्नेछन । विविध एवं समग्र रुपमा नयाँ उत्पादनहरुले कम्पनीको नेपाली ग्राहकलाई उत्तम एवं सफा प्रबिधि सहितको तरुण, उत्कृष्ट र आधुनिक उत्पादनहरु उपलब्ध गराउन केन्द्रित छ भन्ने प्रदर्शन गर्दछ ।

नयाँ उत्पादनहरु हिरो मोटोकर्पका शोरुमहरुबाट आकर्षक मूल्यमा उपलब्ध हुनेछनः एक्सपल्स २०० फोरभी रु ४५०,०००, ग्लामर एक्सटेक रु २७६,००० र म्यास्ट्रो एज १२५ रु २६६,००० मा शोरुम मूल्यमा पाइनेछन् ।

हिरो मोटोकर्पले बहुप्रतिक्षित सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौमा आयोजना गरी उत्साही चालकहरुका एक अद्धितिय एवं विशेष अवसर प्रदान गर्दैछ । यो विशेष प्रकारको आयोजनाले चालकहरुलाई साहसिक एवं किफायती मोटरसाइकल एक्सपल्स २०० फोरभीलाई विशेष तबरले तयार गरिएको कच्चीबाटोमा अनुभव गर्ने एक रोमान्चक अवसर प्रदान गर्नेछ ।
यो कार्यक्रम भक्तपुरको सल्लाघारीमा २०७८ साल चैत्र २० देखि २३ गतेसम्म संचालन हुनेछ । एक्सट्रायल्सको साथसाथै कम्पनीले एक्सचेन्ज कार्निभल समेत आयोजना गर्दैछ । उक्त कार्निभलले हिरो मोटोकर्पको रमाईलो ग्राहक अनुभव प्रतिको प्रतिवद्धतालाई पुनर्पुष्टि गर्दछ ।

बलियो पोर्टफोलियो उपलब्ध गराउने प्रतिबद्धता कायम गर्दै आज तीन नयाँ संस्करण–को शुभारम्भसँगै नेपालमा आफ्नोसेगमेन्ट विस्तार गर्ने घोषणा गरेको छ ।

नेपालमा शक्तिशाली बीएस– छैठौं सेगमेन्टमा विस्तारले यस क्षेत्रमा मोटरसाइकल र स्कुटर सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थिति अझ सुदृढ हुने र बजारमा यसको बढ्दो ग्राहक आधारलाई प्रिमियम, प्रविधि उन्नत का साथसाथै वातावरणीय रूपमा स्वच्छ उत्पादनहरू गराउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।

हीरो मोटोकर्पका ग्लोबल विजनेस प्रमुख संजय भानले भने– ‘नेपाल हाम्रो लागि एसियाकै एउटा महत्वपूर्ण बजार हो र हामी निरन्तर रुपमा हाम्रा उत्पादन र सेवालाई यो देशमा प्रबर्धन गर्न प्रतिबद्ध छौ । बीएस– छैठौं उत्पादनको शुरुवातले नेपाली ग्राहकहरुलाई अत्याधुनिक प्रबिधि तथा विशेषता सहितको सबैभन्खा सान्दर्भिक उत्पादनहरु प्रदान गर्ने हाम्रो प्रतिबद्धताको क्रम हो । हामी हाम्रा नेपाली ग्राहकको सवलीकरण र खुसीका लागि अझै बढी रोमान्चक उत्पादनहरु एवं एक्सट्रायल्स जस्ता कृयाकलापहरु निरन्तर रुपमा ल्याइरहने छौ ।’

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी सम्पर्कस्थलहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर+, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, प्यासन प्रो, एचिभर, एक्स्ट्रिम स्पोर्टस्, करिज्मा जेडएमआर, एक्स्ट्रिम २०० आर, प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५, एक्सप्लस २०० टी, ग्ल्यामर एक्सटेक, मास्ट्रो ऐज १२० तथा फ्लागसिप एक्सपल्स फोरभी २०० रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *