महिला विश्वकप : अस्ट्रेलिया सातौं पटक विश्व च्याम्पियन

हेलीले  बनाइन् १ सय ७० रन

काठमाडौँ । अस्ट्रेलिया महिला विश्वकपको च्याम्पियन बनेको छ । लगातार सातौं पटक उपाधि जित्ने क्रममा अस्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्‍यो। अस्ट्रेलियाले एकदिवसीय विश्वकपको फाइनल इतिहासमै सर्वाधिक ३ सय ५६ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्ड २ सय ८५ रनमा अलआउट भयो।

क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो । अस्ट्रेलियामाकी एलयस्सा हेलीले १ सय ७० रन बनाइन् । प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याच घोषित हेलीले करिअरकै उच्च स्कोर बनाउने क्रममा १ सय ३८ बलमा २६ चौका प्रहार गरिन् ।

पहिलो विकेटका लागि हेली र रचेल ह्यानेस बिच १ सय ६० रनको साझेदारी भएको थियो। हेनेस ६८ रनमा आउट भइन्। हेलीले दोस्रो विकेटका लागि त्यस्तै बेथ मोनीसँग पनि १ सय ५६ रनको साझेदारी गर्दै टीमलाई उच्च स्कोरमा पुर्‍याएकी थिइन्। मोनी ६२ रनमा आउट भइन् । इंग्ल्यान्डका लागि एनी स्रुवसोले ३ विकेट लिइन्।

३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि  नाट सिभरले १ सय ४८ रनको अविजित इनिङ खेलेपनि उनले गतिलो साथ नपाउँदा इंग्ल्यान्ड पराजित हुन पुग्यो ।

खराव सुरुवात गरेको इंग्ल्यान्डका लागि ३८ रन जोड्दा नै २ विकेट गुमाएको थियो। विस्तारै केही सम्हालिएको इंग्ल्यान्डका लागि चौंथो नम्बरमा आएकी सिभरले सम्हालेकी थिइन् । तर, उनले गतिलो साथ नपाउँदा इंग्ल्यान्ड ४३.४ ओभरमै अलआउट भयो । इंग्ल्यान्डका लागि टमी बेउमोन्टले २७ रन बनाउँदा कप्तान हेथर नाइटले २६ रन

अस्ट्रेलिया भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *