कर्णाली नदीमा मिनीबस खस्यो, एक बेपत्ता

सुर्खेत । कालिकोट अन्तरगत कर्णाली नदीमा मिनी बस कर्णाली नदीमा खसेको छ । कर्णाली करीडोरको जितेगडा–कोल्टी सडक खण्डको पचालझरना गाउँपालिका–८ मा दिउँसो साढे दुई बजेतिर मिनीबस नदीमा खसेको हो । बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन् ।

घटना थाहा पाए लगत्तै प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । दुर्घटनामा परेको सवारी चालक दैलेख घर भएका कृष्ण शाही पौडी खेलेर बाचेपनि सहचालक नदीमा बेपत्ता रहेको स्थानीय नेत्रराज बमले जानकारी दिए ।

उनकाअनुसार बस नम्बर खुलेको छैन् । जितेबाट पचालझरना गाउँपालिकाको जारकोट जाँदै गरेको मिनीबस सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको स्थानीय बताउँछन् । कालिकोट प्रहरीले घटनास्थलमा प्रहरी पुगिसकेकाले विस्तृत विवरण केही बेरमा थाहा हुने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *