भारतमा रहेका प्रधान मन्त्रीलाई ओलीकाे प्रश्न- ‘चुच्चे नक्सा’ हटाएर फर्किने हाे ?

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान मन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणबारे कटाक्ष गरेका छन् । आइतबार बुद्धिजीवी परिषद्काे अधिवेशनलाई काठमाडाैँमा सम्बाेधन गर्दै ओलीले प्रधान मन्त्री देउवालाई प्रश्न गर्दै उनकाे भ्रमणबारे कटाक्ष गरेका हुन् ।

प्रधान मन्त्री देउवाले आफ्नाे सरकारले जारी गरेकाे चुच्चे नक्साबारे चासाे नदेखाएकाे उल्लेख गर्दै ओलीले भनेका छन्, ‘सरकारका सय दिन भनेर किताब प्रकाशन गर्नुभयाे शेरबहादुरजीले; त्यहाँ त चुच्चे नक्सा नै गायब थियाे । पछि मैले साेधेकाे पनि थिए । फेरि हिजाे दूतावासमा पनि बुच्चे नक्सा झुन्ड्याइएकाे थियाे । चुच्चे नक्सा कता हरायाे ?’

त्यसअघि ओलीले प्रधान मन्त्री देउवालाई साेधे— ‘के याे साधारण कुरा हाे, सानाे कुर हाे ? तपाईं चुच्चे नक्सा हटाएर फर्किने हाे कि राखेर फर्किने हाे ?’ याेभन्दा राष्ट्रकाे दलाली केही नहुने ओलीकाे तर्क थियाे । ‘प्रधान मन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसद्ले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ?,’ ओलीले प्रश्न गरेका छन्, ‘अब वुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने कि ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *