वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति, बन्याे ‘भिटो अधिकार’ सहितको प्रबुद्ध समिति

काठमाडाैँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल ‘आहुति’ लाई महासचिवमा चयन गरेकाे छ । चैत १७ गतेदेखि काठमाडाैँमा चलिरहेकाे पहिलाे राष्ट्रिय सम्मेलनले आहुतिलाई महासचिवमा चयन गरेकाे हाे ।

सम्मेलनमा आहुतिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै जागृत रायमाझीले विधान प्रस्ताव र धनकुमारी सुनारले आर्थिक प्रतिवेदन पेश गरेका थिए । ती प्रतिवेदनमाथिहरूमाथि ९ वटा समूह बनाइ छलफल भइरहेकाे छ ।

१९ गतेको बैठकमा केन्द्रीय समिति सदस्यको प्यानल प्रस्तुत गरिएको थियो । केन्द्रीय समितिमा ९९ जना सदस्य रहने व्यवस्था छ । एकतिहाइ सचिवालय सदस्य हुन्छन् । एक जना प्रवक्ता हुनेछन् । प्रवक्तापछि तोकिने छ। केन्द्रीय समितिमा ४० प्रतिशत महिला अनिवार्य गरिएको छ । करिब ६५ प्रतिशत युवाहरूकाे सहभागिता रहेको नेताहरूले बताएका छन् ।

भेलाले ९० वर्षीय नन्दन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय प्रबुद्ध समितिसमेत गठन गरेको छ। अहिले समितिका अन्य सदस्यहरूमा डा शिवशंकर यादव, हरिदेव ठाकुर र रोहित हिङनाम निर्वाचित भएका छन् । थप सदस्य पछि थपिने पार्टीले जनाएकाे छ ।

एक सदस्यकाअनुसार प्रबुद्ध समितिलाई ‘भिटाे अधिकार’ पनि हुनेछ । ‘यसले केन्द्रीय समिति बराबरकै हैसियत राख्छ,’ उनले भनेका छन्, ‘केन्द्रीय समितिले गरेका कतिपय निर्णय प्रबुद्ध समितिलाई बेठीक लाग्यो भने त्यसलाई उसले भिटो प्रयोग गरेर कार्यान्वयनमा रोक लगाउन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *