प्रधान मन्त्री देउवा बनारसमा, आदित्यनाथले गरे स्वागत

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधान मन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । बनारसमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् ।

प्रधानमन्त्री देउवाले बनारसमा काशी विश्वनाथको मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ । भारत सरकारले व्यवस्था मिलाएको विशेष विमानबाट देउवा बनारस पुगेका हुन् ।

प्रधान मन्त्री देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौँ फर्कनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *