आयोगले आचारसंहिताबारे दलहरूको प्रतिबद्धता लिने

काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूको प्रतिबद्धता लिने भएको छ । स्थानीय निर्वाचनको आचारसंहिताको कार्यान्वयन सम्बन्धमा दलहरूबाट आयोग प्रतिबद्धता लिने भएको हो ।

चैत ३ गते स्थानीय निर्वाचन आचारसंहिता स्वीकृत गरी राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार स्थानीय निर्वाचनमा भाग लिन दर्ता भएका ७९ दलबाट आयोगले आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो ।

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग चैत २२ गते छलफल गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *