अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृङ्खला पाकिस्तानले जित्यो

काठमाडौँ । घरेलु टोली पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन एकदिवसीय क्रिकेट शृङ्खलामा २-१ ले जित निकालेको छ । पाहुना टोली अस्ट्रेलियाले पहिलो खेल जित्दा लगातार दुई खेलमा हार बेहोर्‍यो ।

शनिबारको अन्तिम एकदिवसीय खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो ।

लाहोरमा २११ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ३७ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर २१४ रन बनायो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक १०५ रन बनाए । यस्तै इमामुल हकले ८९ रनको योगदान गरे । अस्ट्रेलियाका नाथन इलिसले १ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४१ ओभर ५ बलमा मात्र २१० रन बनाउन सक्यो । उसका एलेक्स केरीले सर्वाधिक ५६ रन बनाउन बनाए । सिन अब्बोटले ४९ रन, बेन मेक्डर्मेटले ३६, केमेरन ग्रिनले ३४ रन बनाए ।

अस्ट्रेलियालाई सस्तैमा समेट्न पाकिस्तानका हरिस रौफ र मोहमद वसिमले सामान ३-३ विकेट लिए । सहिन शाह अफ्रिदीले २ विकेट हात पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *