प्रधान मन्त्री देउवा बनारस जाँदै, आजै स्वदेश फर्किने

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्वदेश फर्कनुअघि देउवाले भारत उत्तर प्रदेशको वाराणसी (बनारस) को भ्रमण गर्ने कार्यक्रम रहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधान मन्त्री देउवालाई स्वागत गर्नेछन् । बनारसमा देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।

शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । भेटको क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेका थिए । साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर-जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा १८ गते दिउँसो प्रधान मन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गरेको थिए । देउवाको यो भ्रमण पाँचौँ पटक प्रधान मन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *