डा. बाबुरामको जिज्ञासा- पुर्खाको पालामा विज्ञान-प्रविधि भएको भए के गर्दा हुन् ?

काठमाडौँ । जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले परम्परागत चलन हाबी रहेकोप्रति प्रश्न गरेका छन् । उनले सरकार र शिक्षित वर्गबाटै परम्परागत मान्यतालाई बढवा दिइरहेकोप्रति प्रश्न गरेका हुन् ।

पूर्व प्रधान मन्त्रीसमेत रहेका डा. भट्टराईले पुर्खाको पालामा अहिलेको विज्ञान-प्रविधि भएको भए के गर्दा हुन् भन्दै प्रश्न गरे । ‘रेलसेवा शुरू गर्दा रेल मालाले छोप्ने ! नयाँ प्लेन आउँदा उसको पूजा गर्ने ! भवनको शिलान्यास गर्दा पुरोहितद्वारा पाठ गराउने ! प्रम निवास प्रवेश गर्दा कालो बोका काट्ने ! आदि इत्यादि। हाम्रा पुर्खाको पालामा अहिलेको विज्ञान-प्रविधि भएको भए के गर्दा हुन् ? हामीले बिरालो बाँधेर श्राद्ध गर्नैपर्छ ?,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *