पार्टीको निर्णय सबैले मान्नुपर्छ : गगन थापा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

इन्द्रावतीको गाउँपालिकाको गौरवको योजना इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उनले भने, ‘तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ ।’

इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन रु छ करोडमा तयार भएको हो भने इन्द्रावती रङ्गशाला तीन करोड ७९ लाखमा १८ महिनामा तयार भएको हो । रङ्गशालाको प्याराफिटमा एक हजार ४०० व्यक्ति अट्ने क्षमता रहेको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकालमा सक्दो विकासको प्रयास गरेको बताए । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले इन्द्रावतीले विकासको फड्को मारेको दाबी गरे । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *