माओवादीले जितेको पालिकाहरुमा मात्र राम्रो विकास भएको छ : प्रचण्ड (भिडिओ सहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन गुम्ने खतरा कायमै रहेको बताउएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले मुलुकमा परिवर्तन ल्याएको र मुलुकको नेतृत्व भने परिवर्तन रोक्नेहरूका हातमा जाने अवस्था निम्तिएको भन्दै परिवर्तनमाथि खतरा कायमै रहेको बताउएका हुन् ।


अहिले माओवादीले जितेको पालिकाहरुमा मात्र राम्रो काम हुन सकेको दावी गर्दै उनले भने भरतपुर महानगरपालिकामा अन्यपालिकामा भन्दा राम्रो काम भएको छ, माओवादीले जितेका स्थानीय तहमा मात्र राम्रो काम भएको छ ।

मुलुकको हरेक पालीकामा सुशासन, विकास तथा समृद्धिको ढोका खोल्न आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रचण्डले भूतपूर्व सैनिकहरुलाई माओवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *