मलेसियालाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौँ । नेपाल काठमाडौँमा चलिरहेको त्रिदेशीय टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

शनिबार मलेशियालाई ८५ रनले हराउँदै नेपाल अपराजित रहेको हो । २२४ रनको लक्ष्य पाको मलेशिया खेल सकिन १ बल बाँकी हुँदै १३८ बलमा अलआउट भयो ।

मलेशियालाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ३ तथा कमलसिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए ।

मलेसियाका भिरनदीप सिंहले सर्वाधिक ४७ रन बनाए । भिरनदीपले २६ बलमा ९ चौका प्रहार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *