प्रधानमन्त्री देउवा द्वारा भारतसँग थप तीनवटा नयाँ हवाई रुटको माग

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल-भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा प्रधानमन्त्री देउवाले नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग थप तीन वटा नयाँ हवाई रुट मागेका हुन् ।

नेपाल-भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने ‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।

भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको बताउदै देउवाले भने ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं ।

प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।

देउवाले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *