नेपालद्वारा मलेशियालाई २२४ रनको लक्ष्य, ऐरीको शतक

काठमाडौँ । त्रिदेशीय टी ट्वेन्टी क्रिकेटमा नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटि गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर २२३ रनको विशाल योगफल तयार पारेको हो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले नटआउट ११० रन बनाए ।

उनले मात्र ५७ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यो उनको टी ट्वेन्टीमा पहिलो शतक हो । यससँगै उनी टी ट्वेन्टीमा शतक प्रहार गर्ने चौथो नेपाली खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।

यस्तै रोहित पौडेलले ५१ रन बनाए । उनले ३४ बलमा ५ चौका प्रहार गरे ।

नेपाल यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *