नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको नेपाल मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा रहेको छ ।
खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । सोमपाल कामीलाई आराम दिदै कमल सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ ।
मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ ।

नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।

मलेसियाले आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर थप दुई खेलमा मलेसिया नेपालसँग ६ विकेट र पीएनजीसँग ८ विकेटले पराजित हुँदा तालिकाको पुछारमा छ ।

मलेसिया र पीएनजीले समान १/१ खेल जितेपनि रनरेटको आधारमा पीएनजी अगाडी छ । तीन खेलमा तीन जित निकालेको नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *