ओलीकाे टिप्पणी- ‘नेपाली कांग्रेसले देशभक्त नेपालीकाे टाउकाे विदेशी बाेलाएर कटाएकाे थियाे’

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले विगतमा नेपाली कांग्रेसले देशभक्तहरूकाे टाउकाे कटाएकाे टिप्पणी गरेका छन् । शुक्रबार काठमाडाैँमा आयाेजित अनेरास्ववियुकाे कार्यक्रमलाई सम्बाेधन गर्दै ओलीले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टी त्यस्तै नै हाे, देशभक्तहरूकाे टाएकाे विदेशी बाेलाएर कटाएकाे थियाे ।’

त्यसअघि ओलीले भनेका थिए— ‘नेपालमा विद्यार्थीहरू सदैव अगाडि छन्, राजनीतिक दलहरूजत्तिकै । राजनीतिक नेताहरू कतिपय ७ सालपछि आन्दोलन अपुरो/अधुरो भयो भनेर युवाहरूले आवाज उठाए । ती राजनीतिक नेताहरू होउन्, युवा नै थिए अथवा विद्यार्थीहरू हाेउन् । उनीहरूले आवाज उठाउँदा उनीहरूमाथि चर्को दमन गरियो । कसैलाई भारतीय सेना ल्याएर डोटीमा गिरफ्तार गरेर टाउ काट्ने काम भएका थियो । भन्दा राम्रो लाग्दैन तर, यो सब नेपाली कांग्रेसले गरेको थियो । भारतीय सेना नेपालमा बोलाएर नेपालको भलो यसरी हुन्छ भन्ने एउटा देशभक्तको टाउको नेपाली कांग्रेसले कटाएको थियो । विदेशी बोलाएर नेपालीको टाउको नेपाली कांग्रेसले कटाएको थियो । भन्दा त त्यत्ति मज्जा लाग्दैन, तर के गर्नु नेपाली कांग्रेस त्यस्तै हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =