कार्यवाहक प्रधान मन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडाैँ । कार्यवाहक प्रधान मन्त्रीकाे जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् । प्रधान मन्त्री शेरबहादुर देउवा भारतकाे ३ दिने भ्रमणमा निस्किएसँगै कार्यवाहाक प्रधान मन्त्रीकाे जिम्मेवारी गृहमन्त्री खाँणले पाएका हुन् ।

आफ्नो अनुपस्थितिमा प्रधान मन्त्रीको दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी देउवाले सिफारिस गरे अनुसार गृहमन्त्री खाँणलाई जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

वरीयतामा प्रधान मन्त्री देउवापछि गृहमन्त्री खाँण छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =