अरुण ३ पहुँच मार्गको मुआब्जा वितरण गरिने, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय (सूचीसहित)

काठमाडाैँ । सरकारले प्रधान मन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएकाे छ । प्रधान मन्त्री शेरबहादुर देउवा शुक्रबार १२:४० बजे भारतकाे ३ दिने भ्रमणमा निस्कँदैछन् । प्रधान मन्त्रीकाे भ्रमण स्वीकृति गर्दै बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे विश्वास लिएकाे सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीले आज सिंहदरबारमा नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्ले गरेकाे १० निर्णयहरू सार्वजनिक गरेका छन् । जसमा अरुण ३ काे पहुँच मार्गकाे मुआब्जा वितरणसँगै बढी नियुक्तहरू गरेकाे छ ।
बैठकले उत्पादनमूलक उद्योगलाई औधोगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णयसमेत गरेकाे छ ।
यस्ता छन् अन्य निर्णयहरू:









