त्रिदेशीय टी-ट्वेन्टी शृंखला : मलेसिया र पीएनजी खेल्दै

काठमाडौं । त्रिदेशीय टी-ट्वेन्टी शृंखलाअन्तर्गत शुक्रबार मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ । साढे १२ बजे टियु क्रिकेट मैदानमा मलेसिया र पीएनजी प्रतिस्पर्धा गर्ने छन् ।

अहिलेसम्म पीएनजीले शृङ्खलामा खेलेको तीनै खेलमा पराजयको सामना गरेको छ । मलेसियाले भने यसअघि भएको खेलमा पीएनजीलाई ८ रनले पराजित गरेको थियो ।

फाइनलमा पुग्ने सम्भावनालाई जीवित राख्न पीएनजीका लगि आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा जित हात पारे पनि फाइनलमा पुग्न पीएनजीले नेपाल र मलेसियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =