सञ्चालनको अन्तिम तयारीमा चोभार सुख्खा बन्दरगाह (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको दक्षिणी नाका चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह निर्माणको अन्तिम चरणमा छ । चोभारस्थित हिमाल सिमेन्ट उद्योगको उत्पादन प्लान्ट रहेको स्थानमा नेपाल इन्टर मोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माण गरेको हो ।

डेढ वर्षमा निर्माण पूरा गर्ने लक्ष्यसहित २०७५ माघ ३ गतेबाट विधिवत् निर्माण सुरु गरिएको उक्त बन्दरगाह साढे २ वर्षभन्दा बढी २७ महिनामा निर्माण पूरा भएको हो । नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र चिनियाँ कम्पनी साक्षीको जोइन्टभेन्चर कम्पनीले १ अर्ब ६० करोड रुपैयाँमा उक्त बन्दरगाह निर्माणको ठेक्का लिएको थियो ।

२२० रोपनी क्षेत्रफलमा ३ ओटा गेटसहितको यार्ड, भन्सार कार्यालय भवन, क्वारेन्टाइन भवन, ३ वटा गोदाम भवन, ३ वटा ढुवानी साधनको मर्मत गर्न संरचना निर्माण गरिएको छ । बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय सवारी अट्ने क्षमता रहेको छ ।

स्थानीय अवरोध, कोभिडलगायत कारणले बन्दरगाहका भौतिक पूर्वाधार निर्माणमा झण्डै ९ महिना बढी समय लागेको इन्टरमोडल यातायात कम्पनीले जनाएको छ । विभिन्न अवरोधका कारण १४ महिनासम्म भौतिक पूर्वाधार निर्माणको काम रोकिँदा समय बढी लागेको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *