ट्रेड एक्स्पो आजदेखि

विराटनगर । विराटनगरमा कोभिड पछिको पहिलो ट्रेड एक्स्पो आजदेखि शुरु हुँदैछ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगरको शंकरपुरमा एक्स्पो आयोजना गर्ने बारेमा सबै तयारी पुरा भएकोले आजैदेखि शुरु हुँदैछ ।

मोरङ व्यापार संघको आयोजनामा हुने एक्स्पोको उद्घाटनका लागि संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आउने संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

यस वर्षको एक्स्पो विगतका वर्षहरूभन्दा फरक हुने आयोजकको दाबी छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका उत्पादनहरू सहित लन्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब र सेन्ट वेसिल जस्ता अन्तर्राष्ट्रिय संरचनाको आकर्षण राखिएको आयोजकको भनाई छ ।

फोटो खिच्न मन पराउनेहरूका लागि सेल्फी जोन र साहसिक खेल मन पराउनेहरूका लागि जीप लाइन, रिभर्स बन्जी र जिप साइक्लिनिङ्गको पनि व्यवस्था गरिएको रिजाल बताउँछन् । एक्स्पोमा कृषि, पर्यटन, सूचना प्रविधि, अटोमोबाईल्स, बाल उद्यान र खानाका विभिन्न परिकार सँगसँगै नियमित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ ।

स्वदेशी र विदेशी उत्पादन समेटने गरी कुल २७० स्टलहरू रहने एक्स्पो २ लाख बढी उपभोक्ताहरूले अवलोकन गर्ने व्यापार संघले जनाएको छ । संघका अनुसार एक्स्पोबाट ४० करोडको बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष रिजालको छ । एक्स्पोको उद्घाटन गर्न संघीय सरकारका संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *