स्थानीय सरकारमा उम्मेदवारीका लागि युवाहरूकाे ‘स्वतन्त्र उम्मेदवारी अभियान’

काठमाडाैँ । ‘अबको स्थानीय सरकार, ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार’ भन्ने नाराका साथ स्वतन्त्र उम्मेदवारी अभियान शुरू भएकाे छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै युवाको समूहले स्वतन्त्र उम्मेदवारी अभियानको घोषणा गरेका हुन् ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवारी अभियानमार्फत १,९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घाेषणा गरिसकेका छन् । यही अभियानमार्फत देशभर जम्मा ४,६५७ जनाले उम्मेद्वारी दिने इच्छासहितको फाराम भरेका छन् ।

अभियानले तीन तहमार्फत आफ्नो एजेण्डा जनतासमक्ष लैजाने छ । पहिलो तहमा मेन्टर वा सल्लाहकार रहनेछन् । यसमा स्थानीय सरकार सञ्चालन, पूर्वाधार शिक्षा, स्वास्थ्य, लगायत क्षेत्रका विज्ञ रहनेछन् । दोस्रो तहमा कार्यकारी समिति रहनेछ । यसले उम्मेदवार र अन्य आवशयक संयन्त्रजस्तै संघसंस्था र सञ्चार माध्यमबीच पुल बनेर व्यवस्थापनको काम गर्नेछ ।

तेस्रो तहमा कर्मचारी र स्वयंसेवकहरू रहनेछन् । यो तहमा रहनेले विभिन्न तहसम्म सम्पर्क, समन्वय, कामको डिजाईन र कार्यान्वयनमा लैजान सघाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *