प्रमुख निर्वाचन आयुक्त भन्छन्- आचारसंहिता पालनामा दलहरूले आफैँलाई शंका गरे

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालनामा आफैँलाई शंका गरेको टिप्पणी गरेका छन् । बिहीबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा बाेल्दै आयुक्त थपलियाले यस्ताे बताएका हुन् । ‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र मसम्बद्ध भएको दल वा मसम्बद्ध भएकाे संस्था यो आचारसंहिता पालना गर्न र गराउन कटिबद्ध छ, यदि त्यसो हो भने शंका कोप्रति ?’ थपलियाले प्रश्न गरे, ‘अलिकति अप्ठेरो प्रश्न मैले देखेँ, आफैँले आफैँलाई शंका गरेर आफैँले आफैँलाई अविश्वास गर्न मिल्छ कि मिल्दैन ?’

आयुक्त थपलियाले दलहरू आफैँले पालना गर्नुपर्ने आचारसंहितामा आफैँ बाधक बनेकाेसमेत बताए । दलहरूकै सुझावमा आफूहरूले निकै मेहनत गरेर आचारसंहित बनाएकाे स्मरण उनले गराएका छन् । ‘आचारसंहित राम्राे बनेकाे छ,’ उनले भने, ‘याे दलहरूकै सुझावमा बनेकाे हाे । यसकाे पालना सम्बन्धित सबैले गर्नुपर्छ ।’

उनले त्यसअघि भनेका छन्— ‘बनाउने बेलामा यो पनि छुट्ला उ पनि छुट्ला भनेर भएजति सबै कुरा हाल्न चाहने, कार्यान्वयन गर्ने बेलामा म त ठीकै छु, अर्कोले गरिदिँदैन कि भनेर आफैंमाथि शंका गर्ने प्रवृत्तिले निर्वाचनको स्वच्छतालाई कायम गर्न सक्दैनाैँ । शासकीय प्रणालीको शुद्धताका लागि, निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख आयुक्त थपलियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 8 =