धाेबीखोला किनारमा नवजात शिशुको शव भेटियो

काठमाडौँ । धोबीखोला कोरिडोरमा नवजात शिशुको शव भेटिएको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको प्रहरीले जनाएको छ ।

फोहोरमा रातो पछ्यौराले छोपिएको अवस्थामा नवजात शिशुको शव फेला परेको काठमाडौँ प्रहरी  परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । शव बालिकाको भएको पनि प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *