पीएनजीसँग नेपाल पहिला ब्याटिङ गर्दै, आदिलको डेब्यु

काठमाडौँ । त्रिदेशीय टी–ट्वेन्टी शृंखलाको आफनो तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । शृंखलामा यसअघि नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । आजको खेल जिते नेपाल प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ । यसैबीच, नेपालका आदिल अन्सारीले राष्ट्रिय टिममा डेब्यू गरेका छन् । आज कुशल मल्लको स्थानमा आदिललाई मौका दिइएको हो ।

नेपालको प्लेइङ ११ः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ, आदिल अन्सरी र रोहित पौडेल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *