पाकिस्तानी प्रधान मन्त्री इमरानकाे पद धरापमा

काठमाडाैँ । पाकिस्तानी प्रधान मन्त्री इमरान खानकाे पद धरामा परेकाे छ । संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएका प्रधान मन्त्री खानको पद धरापमा परेको हाे । अविश्वासको प्रस्तावमा मतदान हुनुअघि एउटा सत्तारूढ घटकले विपक्षी समूहलाई सघाउने निर्णय गरेपछि खानको पद धरापमा परेको टाइम्स अफ इन्डियाले जनाएको छ।

३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्छ । बुधबार सत्तारूढ मुत्ताहिद्दा क्वामी मुभमेन्ट-पाकिस्तानले विपक्षीलाई साथ दिने निर्णय गरेपछि अब सत्तारूढ गठबन्धनसँग १६४ सांसदमात्रै बाँकी रहेका छन् । विपक्षीहरूसँग १७७ सांसद पुगेका छन् । खानको आफ्नै पार्टीभित्र पनि विवाद छ । उनलाई समर्थन नगर्ने सांसदको संख्या २५ देखि ४० जना रहेको बताइन्छ ।

पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पूर्ण कार्यकाल चलाउन पाएका छैनन् । पूर्वक्रिकेटर खान प्रधान मन्त्री भएको चार वर्ष भएको छ । उनीविरूद्ध यसअघि पनि अविश्वासको प्रस्ताव आएको थियो । त्यतिबेला उनले सत्ता जोगाएका थिए । अब अप्रिल पहिलो साता अविश्वासको प्रस्तावमाथि मतदान हुने भनिएको छ । यसपालि पद जोगाउन खानलाई मुस्किल पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =