प्रधान मन्त्रीले भने- ‘गठबन्धन अघि बढ्नेमा दुईमत छैन’

काठमाडौँ । प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हालको गठबन्धन अगाडि बढ्ने दोहो¥याएका छन् । बिहीबार रिपोटर्स क्लबको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले यस्तो बताएका हुन् । ‘यो गठबन्धन अगाडि बढ्नेमा दुईमत छैन,’ उनले भने, ‘अन्य दलका नेताहरूले पनि यसमा यसै भन्दै आउनुभएको छ । त्यसैले गठबन्धन अगाडि बढ्छ । आगामी निर्वाचनमा पनि हामी गठबन्धनबाटै अगाडि जान्छौँ ।’

आफ्नो दलले पनि गठबन्धनबाटै अगाडि बढ्ने साझा धारणा बनाइसकेको स्मरण गराउँदै प्रधान मन्त्री देउवाले थपे, ‘गठबन्धनले लोकतन्त्र, संविधान र जनतालाई केन्द्रमा राखेको छ । त्यसैले यो देशका लागि चाहिन्छ । यो गठबन्धन अगाडि बढ्छ ।’

उनले वैशाख ३०मा हुन लागिरहेको स्थानीय निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =