वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेला भाेलिबाट

काठमाडौँ । आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय भेला बिहीबार (भोलि) बाट शुरू हुने भएको छ । भेलाको भोलि दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भेलाको उद्घाटन समारोहमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललगायतका नेताहरु भेला उपस्थित हुने छन् ।

पहिलो राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादको कार्यदिशा, प्रमुख उत्पादक शक्ति विज्ञानप्रविधिमा आधारित वैज्ञानिक समाजवादको स्वरुप, संरचना र कार्य योजना लगायतका कार्यक्रमहरू तय गर्ने पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =