माओवादी र एसले एक सिट जिते भने सन्यास लिएर वृन्दावन जान्छु : प्रसाई

भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा ब्यवसायी दुर्गा प्रसाईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अबको चुनाबमा एक सिट पनि नजित्ने दाबी गरेका छन् ।

भक्तपुरको सुर्यविनायकमा तरकारी बजार उद्घाटन कार्यक्रममा प्रसाईले यी दुवै दल नक्कली कम्युनिष्ट पार्टी रहेको भन्दै दुवै दलले आगामी चुनावमा एक सिट पनि नजित्ने दाबी गरेका हुन् । आफ्नो दाबी गलत भएमा आफू सन्यास लिएर वृन्दावन जाने पनि उनले बताए ।

उनले भने,  ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरी वृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *