मलेसियाद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य

काठमाडौँ । त्रिदेशीय टी–ट्वेन्टी शृंखलामा मलेसियाले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको हो ।

मलेसियाका जुबैद जुल्किफले सर्वाधिक ३२ र कप्तान अमाद फेइजले २४ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले र करन केसीले दुई दुई तथा अबिनास बोहरा, कुशल मल्ल र दिपेद्रसिँह ऐरीले एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *