तालमेल हुने निश्चित भयो, भरतपुरको मेयरमा माओवादीको दाबी रहन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुने निश्चित भएको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग प्रचण्डले सत्तारुढ दलहरुबीच गठबन्धन नहुने हो कि भन्ने शंका अब नरहेको बताएका हुन् ।

उनले भने-‘सत्तारुढ दलबीच तालमेल र गठबन्धन कस्तो हुन्छ भन्ने थियो अब प्रष्ट भएको छ। कांग्रेसले हिजो आवश्यकता अनुसार तालमेल गर्ने भनिसकेको छु, दाहालले भने, गठबन्धनका बीचमा आवश्यकता अनुसार तालमेल हुन्छ भन्ने प्रष्ट भएको छ ।’

चुनाबका लागि महानगरपालिका र उपमहानगरपालिकाबारे केन्द्रबाटै निर्णय गर्ने सहमति भएको भन्दै प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा माओवादीले दाबी नछाड्ने बताए ।

यसअघिको चुनाबमा भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँग गठबन्धन गरेर प्रचण्ड पुत्री रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक मेयर कांग्रेसले पाउनुपर्ने चितवनका कांग्रेसका नेताहरुले दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *