मलेसियासँग पहिले फिल्डिङ गर्दै नेपाल, दिलिपको डेब्यु

काठमाडौँ । त्रिदेशीय टी-ट्वेन्टि क्रिकेट शृंखला अन्तरगत नेपालले आज मलेसियासँग खेल्दैछ । कीर्तिपुरमा मलेसियाले टस जितेर  ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

दीलिप नाथले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन् । लोकेश बमकाे ठाउँमा दिलिपलाई मौका दिइएको हो ।

नेपालले शृ‌ंखलाको पहिलो खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो । मलेसियाले पनि पीएनजीलाई हराएको छ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर) , कुशल मल्ल र रोहित पौडेल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *