सुन्दरीजलमा टिपरको ठक्करबाट दिदीबहिनीको मृत्यु
२०७८ चैत १६ गते

फाइल फाेटाे
काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई दिदीबहिनीको मृत्यु भएको छ । बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो ।
ठक्करपछि स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत उनीहरूको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनकाअनुसार बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियाे ।
दुर्घटनामा गम्भीर घाइते भएका बुवा रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ । दुर्घटनापछि टिपर चालक फरार भएका छन् । घटनास्थलमा तनावको स्थिति सिर्जना भएको छ ।
२०७८ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित









