चितवन जाँदै प्रचण्ड
२०७८ चैत १६ गते

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् ।
त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका-२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् । निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधूप बढेको छ ।
२०७८ चैत १६ गते
प्रतिक्रिया
सम्बन्धित








