चुनावी गठबन्धनका विषयमा छलफलमा जुटे कैलालीका गठबन्धन दलहरु

धनगढी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीका राजनीतिक दलहरु छलफलमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषयमा सत्ता गठबन्धनमा रहेका दलहरु छलफलमा जुटका हुन् ।

दलहरुले मंगलबार पहिलो चरणको छलफल गरेका छन् । नेकपा समाजबादी पार्टीको संसदीय दलको कार्यालयमा भएको छलफलमा सत्ता गठबन्धनमा रहेको पाँचवटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पहिलो चरणको छलफलमा दलहरुबीच गठबन्धन गर्ने वा नगर्ने विषयमा भने यकिन निर्णय नभएको बैठकमा सहभागी नेकपा माओबादी केन्द्रका नेता रमेश धामीले बताए । उनले यही चैत २३ गते दोस्रो चरणको बैठक बस्ने छलफल सकिएको बताए । उनका अनुसार छलफलमा सर्वप्रथम दलहरुले आन्तरिक तयारी गर्ने र दोस्रो चरणको बैठकबाट गठबन्धन गर्ने, नगर्ने वा गरेमा कसरी गर्ने भन्ने निर्णय गरिने छ ।

काँग्रेसका प्रदेश सभापति बीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धन नगर्ने बताए पनि मंगलबारको छलफलमा भने काँग्रेस कैलालीका नेताहरुको सहभागिता रहेको थियो । काँग्रेस कैलालीका सभापति नारायण भट्ट, सचिव केशव मिश्रसहितका नेता सहभागी थिए । यद्यपि मंगलबार गठबन्धन गर्ने वा नगर्ने विषयमा निर्णय भने भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *