उपसभापति खड्का कांग्रेसका चुनावी कमान्डर

काठमाडौँ । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई स्थानीय तह निर्वाचनका लागि चुनावी कमान्डर तोकेको छ ।

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गर्दै त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

समितिका सदस्य भने सभापति शेरबहादुर देउवाले आपसी परामर्शमा तोक्नेउनले जानकारी दिए । त्यस्तै निर्वाचन प्रचार प्रसार समितिको संयोजकमा प्रवक्ता महत नै चयन भएका र समितिका सदस्यहरु सभापति देउवाले आपसी सहमतिमा चयन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *