त्रिकोणात्मक सिरिजमा मलेसियाको विजयी सुरुवात

काठमाडाैँ । नेपाल, मलेसिया र पपुवा न्युगिनि समिलित त्रिकोणात्मक टी-ट्वेन्टी शृंखलामा मलेसियाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा नेपालसँग पराजित भएको पपुवा न्युगिनि दोस्रो खेलमा मंगलबार मलेसियासँग ९ रनले पराजित भयो।

कीर्तिपुरमा  टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा पिएनजी १९.३ ओभरमा १ सय ७२ रनमा अलआउट भयो ।

मलेसियाका लागि ओपनर भिरनदिप सिंहले ५९ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा कप्तान अहमद फैइजले ५६ र साइद अजिजले ४७ रन बनाए। पिएनजीका नोर्मान भानुवाले २ विकेट लिए ।

१ सय ८१ रनको लक्ष्य पछ्याएको पिएनजीका लागि टोनी उराको ५६ रन सर्वाधिक रह्यो। त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाउँदा थप दोहोरो रनको स्कोरका रुपमा सिमोन अटाइको १७ र आसाद भालाको ११ रन रह्यो।

मलेसियाका लागि सर्भीन मुनिएन्डीले ४ तथा महमद्द वाफीक र पवनदिप सिंहले ३-३ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *