प्रधान मन्त्रीकाे भारत भ्रमणप्रति ओलीकाे कटाक्ष- काेही फाइल खोज्न दिल्ली जाँदैछन् रे !

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान मन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणलाई लिएर कटाक्ष गरेका छन् । देउवा नेतृत्वकाे सरकारले आफू नेतृत्वकाे सरकारले गठन गरेकाे भूमि आयाेग विघटन गरेकाे स्मरण गर्दै भनेका छन्, ‘भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा दिने अन्तिम तयारी भइरहेका बेला गठबन्धन सरकारले आयोग नै खारेज गरिदियो, कामै रोकियाे । तर अहिले उनीहरू नै अघिल्लो सरकारले फाइल लुकायो भन्दैछन्,’ रुपन्देहीकाे तिलाेत्तमा नगरपालिकाले निर्माण गरेकाे भ्यूटावरकाे उद्घाटन गर्दै ओलीले भने, ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने खबर सुनेको छु । चुनावका बेला त्यस्ता झुटा कुरा लिएर घर घरमा आउलान्, तपाईं मतदाताहरूले ख्याल गर्नुहोला नत्र झुक्याउँछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =