सुन्दर यातायातले ल्यायो विद्युतीय बस, लुम्बिनी क्षेत्रमा ९ वटा बस चल्ने

उद्घाटनपछि अध्यक्ष ओलीले गरे ४९ किलोमिटर यात्रा

काठमाडौँ । सुन्दर यातायात प्रालिले विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ । बस सेवाको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार शुभारम्भ गरेका छन् ।

बससेवा उद्घाटनपछि अध्यक्ष ओलीले रुपन्देहीको मणीग्रामदेखि लम्बिनीसम्म ३३ किलोमिटर र लुम्बिनीदेखि गौतमबुद्ध बिमानस्थलसम्मको करिब १६ किलोमीटरको यात्रा गगरेका छन् ।

विद्युत्बाट व्याट्रि चार्ज भएर चल्ने यो नेपालकै पहिलो सार्वजनिक बस सेवा भएको सुन्दर यातायातको दाबी छ । यसअघि नेपालमा विद्युत् लाइनबाट चल्ने ट्रली बस सञ्चालनमा आइसकेको थियो ।

विद्युतीय बसको मंगलबार परीक्षण गरिएको र बुधबारदेखि सञ्चालनमा ल्याइने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

हाल २ वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको र सात दिनभित्र थप ७ वटा बस ल्याइने उनले बताए ।

कुल ९ वटा बसले अहिले रुपन्देही कपिलवस्तुका विभिन्न स्थानका रूटमा सञ्चालन गरिने उनले बताए । बसका लागि कम्पनीले नै चार्जिङ स्टेशनकाे व्यवस्था गरेकाे समेत उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *