सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठको नाम अनुमोदन

काठमाडाैँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरबरमा बसेको समितिको बैठकले न्याय परिषद्‌‌बाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

याेग्य र अनुभवी भएपछि उनकाे नाम सर्वसम्मतिले अनुमाेदन भएकाे समितिका संयाेजक लक्ष्मणलाल कर्णले बताए । ‘योग्य, क्षमतावान् र अनुभवी रहेको कुरा सुनुवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको हाे,’ उनले भनेका छन् ।

बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुङ्गा हान्ने अवस्था आउन नदिनेगरी आफूले काम गर्ने बताएका थिए । श्रेष्ठलाई गत फागुन २७ गते बसेको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =